प्रधानमन्त्रीको चीन भ्रमण फलदायी रहेको सत्तारुढ एमालेको निष्कर्ष

सत्तारुढ नेकपा एमालेले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण फलदायी भएको निष्कर्ष निकालेको छ ।

एमाले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा हिजो बेलुका बसेको सचिवालय बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीको चीन भ्रमण सफल र उपलब्धिमूलक भएको निष्कर्ष निकालेको बैठकपछि एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

फ्रेमवर्क फर बीआरआई कर्पोरेशन ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बीआरआई) मा भएका सम्झौता नेपालको दीर्घकालिन विकासका लागि महत्त्वपूर्ण उपलब्धि रहेको र सत्ता साझेदार दुई दलबीचमा जुन समझदारी भएको छ त्यसले बीआरआईलाई निष्कर्षमा पुर्‍याउन भूमिका खेलेको एमालेको निचोड छ ।

नेता ज्ञवालीले बीआरआईमा नेपाली कांग्रेस र एमालेबीच भएको समझदारीले भोलिका दिनमा परराष्ट्र नीति र वाह्य नीति सञ्चालन गर्दा राष्ट्रिय सहमति निर्माण हुने आधार बनाएको बताए ।

एजेन्सी

Comments

Back to top