यी खानेकुरा बासी नखानुहोस्
प्रायः घरमा खाना धेरै भएर बच्यो भने तताएर वा नतताई खाने चलन हुन्छ । तर तपाईंलाई बताइहालौं बासी भोजनले शरीरमा नराम्रो असर पनि गर्न सक्छ । आउनुहोस् जानौं कुन कुन खानेकुरा बासी भयो भने खानु हुँदैन ।
उसिनेको आलु
उसिनेको आलुलाई भुलेर पनि बासी भएपछि खानु हुँदैन । यसले फुड प्वाइजनिंगको समस्या हुन सक्छ । खासगरी यसमा खराब ब्याक्टेरियाहरुको जन्म हुन्छ जसले स्वास्थ्यमा नोक्सान पुर्याउन सक्छ ।
तारेको खानेकुरा
पकौडा, रोस्ट आदि तेलमा तारेको खानेकुरा बासी भयो भने वा यसलाई पुनः तारेर खानु हुँदैन । यो स्वास्थ्यका लागि एकदमै खतरनाक हुन्छ । बाहिर पाइने यस्ता खानेकुरा खानबाट पनि बच्नुपर्छ ।
उसिनेको अण्डा
उसिनेको अण्डलाई फेरि उसिनेर वा बासी बनाएर खानु हुँदैन । यसले पेटसँग जोडिएको समस्याहरु हुन सक्छ ।
पाकेको चामल
यी सबैबाहेक पाकेको चामल वा भात पनि बासी भएपछि खानुहुँदैन । खासगरी यसमा एकदमै छिटो खराब ब्याक्टेरियाहरुको जन्म हुन्छ त्यसैले यसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ ।
खासगरी बासी भोजनमा ब्याक्टेरिया तथा खतरनाक माइक्रोअग्रेनिज्मले जन्म लिन थाल्छन् जो स्वास्थ्यका लागि एकदमै नोक्सानदायक हुन्छ । त्यसैले सकेसम्म कुनै पनि खानेकुरा बासी बनाउनु हुँदैन ।
कुनै पनि खानेकुरा बचेको खण्डमा त्यसलाई सही तापक्रम कायम गरेर राखेमा मात्र खान मिल्छ । गर्मी मौसम शुरु भएसँगै विभिन्न किराहरु आउँछन् त्यसैले बासी खानेकुरा नखाएकै राम्रो हुन्छ ।
एजेन्सी
Comments