नेप्सेमा १२.८४ अंकको गिरावट, सेयर कारोबार ५ अर्ब ६२ करोड!
सोमबार नेप्से परिसूचक १२.८४ अंकले घटेर २,६७६.१५ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३१७ कम्पनीको कुल १ करोड १५ लाख २३ हजार ००३ कित्ता सेयरको करिब ५ अर्ब ६२ करोड ९९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ९२ कम्पनीको सेयर मूल्य बढेको छ, १३८ कम्पनीको मूल्यमा गिरावट छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका ८ उपसमूहको परिसूचक घटेको छ भने ५ उपसमूहको परिसूचक बढेको छ ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा इमर्जिङ नेपाल लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.७६ प्रतिशतले बढेको छ। टप लुजरमा स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआरएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड २७ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा आरबीबी म्युचुअल फण्ड २ को कारोबार भयो।
Comments