प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२५ अंकले घट्यो !
सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२५ विन्दुले घटेको छ।
आइतबार ४५.९३ अंकले घटेर २,६८९.०० मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६८७.७४ मा खुलेको हो। कुल ४,६४४ कित्ता सेयरको खरिदबिक्री करिब ४२ लाख १६ हजार बराबरको कारोबार भएको छ।
यस सेसनमा कारोबारमा आएका ४४ कम्पनीमध्ये १५ को मूल्य बढ्यो भने २३ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्यमा परिवर्तन छैन।
यस अवधीमा कुल ८७ पटक ट्रान्ज्याक्सन भएको छ।
Comments