मोबाइल एआईको भविष्यको झलक देखाउन आयो सामसङ वान युआई ७ बेटा
सामसङ नेपालले शक्तिशाली एआई सुविधाहरू, सरलीकृत नियन्त्रणहरू र भविष्यका स्केलेबल एआई इकोसिस्टमहरूको पूर्वावलोकन रहेको वानयुआई ७ बेटा प्रोग्राम घोषणा गरेको छ ।
इन्टरफेसको प्रत्येक टच पोइन्टमा प्रमुख एआई एजेन्टहरू र मल्टिमोडल क्षमताहरू एकीकृत गरी हरेक अन्तरक्रियालाई न्याचुरल र सहज महसुस हुने एआई प्लेटफर्मको सिर्जना गरेर वानयुआई ७ ले ठुलो छलांग लिएको छ ।
परिष्कृत एआईबाट थप सहजयूजर एक्सपिरिएन्सहरू
एडभन्सड लेखन सहायक टुलहरू (राइटिंग असिस्ट टुल) जस्ता ग्यालेक्सी एआई फिचरहरूमा वानयुआई ७ ले बलियो अपडेटहरू ल्याएको छ । एआई ओएससँग एकीकृत भएर अप्लिकेसनहरुबीच स्विच गर्न आवश्यक बिना नै टेक्स्टहरू चयन गर्ने क्षमता दिई यसले प्रयोगकर्ताहरूलाई आफ्नो प्रडक्टिभिटी बढाउँछ ।
ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि पहिले नै उपलब्ध रहेको शक्तिशाली लेखन सहायक टुलहरूमा विस्तार भएको यो क्षमताले कन्टेन्ट संक्षेप गर्न, हिज्जे र व्याकरण जाँच गर्न, र स्वचालित रूपमाबुलेट पोइन्टहरूमा नोटहरू ढाँचा गर्न एआई–सञ्चालित विकल्पहरू प्रदान गर्दै आएको कम्पनीको भनाइ छ ।
वानयुआई ७को साथ अपग्रेड गरिएका कल सुविधाहरूले २०ओटा भाषाहरूमा कल ट्रान्सक्रिप्टहरूमार्फत सञ्चार र जडानको सीमाहरू पुश गर्छ । कल रेकर्डिङ इनएबल गर्दा रेकर्ड गरिएका कलहरू स्वचालित रूपमा पछि सन्दर्भको लागि ट्रान्सक्राइब हुनेछ जसले बहु–कार्य गर्दा म्यानुअल रूपमा नोटहरू लिनु पर्ने आवश्यकतालाई हटाउँछ छ ।
निजीकरण र नियन्त्रण बढाउनको लागिनयाँ र बोल्ड डिजाइन
डिभाइसको लक स्क्रिनबाटै सहज पहुँचका साथ सञ्चारलाई सुव्यवस्थित गर्ने नयाँ सूचना प्रणालीमा आधारित वानयुआई ७ का शक्तिशाली एआई फिचरहरू नयाँ लुकको साथ आएका छन् ।
यसमा इन्टरप्रेटरे, सङ्गीत, रेकर्डिङ, स्टपवाच जस्ता विभिन्न सुविधाहरूमा सान्दर्भिक गतिविधिहरू हाइलाइट गर्ने नाउबार पनि समावेश छ । महत्त्वपूर्ण सूचनाहरूमा तत्काल पहुँच प्रदान गरेर, नाउबारले डिभाइसलाई निरन्तर अन्लक गर्ने आवश्यकतालाई कम गर्छ र प्रयोगकर्ताहरूलाई मुख्य जानकारीहरू सँग सहजै संलग्न हुन दिन्छ ।
आगामी ग्यालेक्सी एस सिरिजका डिभाइसहरूमा सपोर्ट हुने नाउबारले लक स्क्रिन एक्सपिरिएन्सलाई रूपान्तरण गर्नेछ । यी फिचरहरूमा आएका अपग्रेडहरू सबै सरल, प्रभावशाली र भावनात्मक डिजाइनमा लक गरिएका छन् ।
यी सिद्धान्तहरू मिलेर ग्यालेक्सी प्रयोगकर्ताहरूका लागि सुव्यवस्थित र एकजुट अनुभवहरूलाई आकार दिन्छ । बोल्ड, प्रतिष्ठित डिजाइन विकल्पहरूद्वारा परिभाषित रहेको वानयुआई ७ले भिजुअल अव्यवस्था घटाउँछ र प्रयोगकर्ताहरूसँग व्यक्तिगत स्तरमा प्रतिध्वनि गर्न र एआई सुविधाहरूमा सहज मोबाइल अनुभवहरू दिन डिजाइन गरिएको अनुभवलाई बढावा दिने जनाइएको छ ।
पुनः डिजाइन गरिएको क्यामेरा युएक्सले एडभान्सड सेटिङहरूमा थप सहज कन्ट्रोल दिन्छ । क्यामेरा बटनहरू, कन्ट्रोलहरू र मोडहरूलाई प्रयोगकर्ताहरूको लागि आवश्यक सुविधाहरू फेला पार्न सजिलो बनाउन र क्याप्चर गरेको तस्बिर वा रेकर्ड गरेको भिडियोको स्पष्ट पूर्वावलोकन दिनको लागि पुनः सङ्गठित गरिएको छ ।
प्रो र प्रो भिडियो मोडहरूका म्यानुअल सेटिङको लेआउट पनि सरलीकृत गरिएको छ जसले सुट गरिरहेको तस्बिर वा भिडियो खिच्दाफोकस गर्न सजिलो बनाएको छ । प्रयोगकर्ताहरूको लागि प्रो भिडियो मोडमा रेकर्डिङ गर्दा नयाँजुम कन्ट्रोल उपलब्ध छ, जसले सहज ट्रान्जिसनहरूको लागि जुमको गति नियन्त्रण गर्न दिन्छ ।
वानयुआई ७को आधिकारिक रूपमा रिलिज आगामी ग्यालेक्सी एस सिरिज डिभाइसहरूसँग हुनेछ, र २०२५ को पहिलो त्रैमासिकदेखि सुरु हुने गरी इनहान्सड अन–डिभाइस एआई फंक्सन गरी थप एआई क्षमताहरू समावेश हुनेछ । आफ्नो ओएस अपग्रेडको नीति विस्तार गर्ने सामसङको प्रतिबद्धता अनुरूप, यी अप्डेटहरु बिस्तारै अन्य ग्यालेक्सी उपकरणहरूमा पनि आउने बताइएको छ ।
एजेन्सी
Comments