नेप्सेमा ४५.९३ अंकको गिरावट, सेयर कारोबार ७ अर्ब ४६ करोड!

आइतबार नेप्से परिसूचक ४५.९३ अंकले घटेर २,६८९.०० विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२१ कम्पनीको कुल १ करोड ७३ लाख ९२ हजार २४४ कित्ता सेयरको करिब ७ अर्ब ४६ करोड ३ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २७ कम्पनीको सेयर मूल्य बढेको छ, २१४ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

 

यस दिन टप गेनरमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। टप लुजरमा मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा एनआएन इन्फ्रस्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड ६४ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा लक्ष्मी उन्नती कोशको कारोबार भयो।

Comments

Back to top