नेप्से इन्ट्राडे अपडेट: ३४.९४ अंकको गिरावट!

आइतबारको इन्ट्राडेमा नेप्से परिसूचक ३४.९४ अंकले घटेको छ।

दुई घण्टामा नेप्से ३४.९४ अङ्कले घटेर २,६९९.९९ मा आएको हो। ३०७ कम्पनीको ६,६८४,९२९ कित्ता सेयरको कारोबार भएको छ। यस अवधीसम्म लगभग ३ अर्ब ३५ करोड ५० लाख बराबरको कारोबार भएको छ।

यसदिन दिन टप गेनरमा १०% केबिएल डिभेन्चर २०९० रहेकाे छ जसको सेयर मूल्यमा ८.१४% वृद्धि भएको छ भने टप लुजरमा लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ।

 

Comments

Back to top