चिसो मौसममा दही खानु राम्रो कि नराम्रो ?

गर्मीमा त मानिसले मज्जाले दही खान मन पराउँछन् । तर, जाडोमा भने अलमल पर्छन् । प्रोबायोटिक्सले भरिपूर्ण दहीको सेवनले पाचन प्रणालीमा रहेका राम्रा ब्याक्टेरियालाई फाइदा पुग्छ ।

त्यस्तै, दही क्याल्सियम र भिटामिनको स्रोत पनि हो । तर, जाडोमा दहीलाई ‘चिसो’ मानेर सेवन नगर्नेको संख्या धेरै हुन्छ । स्वास्थ्य विशेषज्ञका अनुसार जाडोमा दही खाँदा स्वास्थ्यमा नराम्रो असर भने पुग्दैन । अब जानाैँ जाडोमा दही खाँदा हुने फाइदा :

पाचनमा सुधार : दही खाँदा पाचन तन्त्रमा सुधार आउँछ । यसले कब्जियतजस्ता समस्या कम गर्न मद्दत पुर्‍याउँछ र पेट फुल्ने समस्या समाधानमा सहयाेग गर्छ ।

तौल घटाउन मद्दत : दही उच्च प्रोटिनको स्रोत हो, जसले पेटलाई लामो समयसम्म भरिएको महसुस बनाउँछ । जसका कारण अन्य खानेकुरा खाइँदैन र शरीरको तौल घट्न थाल्छ । मोटो मानिसका लागि यो फाइदाजनक हो ।

इम्युनिटी सुधार्ने : शरीरको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर)बढाउनका लागि दही उपयोगी छ । यसमा भिटामिन डी, क्याल्सियम र जिंक हुन्छ, जसले इम्युनिटी पावरलाई बलियो बनाउँछ ।

छाला स्वास्थ्य : दहीले छालामा ग्लो ल्याउँछ र यसले छालालाई पर्याप्त हाइड्रेसन दिन्छ, जसले स्वस्थ छाला बनाउन मद्दत पुर्‍याउँछ ।

हृदयको स्वास्थ्य : दहीले मुटुको स्वास्थ्य राम्रो बनाउन पनि मद्दत गर्छ । यसले कोलेस्ट्रोल सन्तुलनमा ल्याउन मद्दत पुर्‍याउँछ ।

एजेन्सी

Comments

Back to top