नबिल बैंकको ४० औं वार्षिक साधारण सभा मंसिर २७ गते

नबिल बैंकको मंसिर २७ गते ४० औं वार्षिक  साधारण सभा बस्ने भएको छ । साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते १ दिन बुक क्लोज गरिसकेको छ ।

जस अनुसार मंसिर ९ गते सम्म कायम रहेका सेयरधनीले बैंकको साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीलाई करसहित १०% नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित नगद लाभांश नियामक नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि सेयरधनीलाई वितरण गरिने बैंकले जानकारी गराएको छ । आर्थिक वर्ष २०७९/८० मा भने यस बैंकले ११% नगद लाभांश वितरण गरेको थियो ।

एजेन्सी

Comments

Back to top