विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने

विजय लघुवित्त वित्तीय संस्थाले एफपीओ ल्याउने भएको छ। लघुवित्त वित्तीय संस्थाले एफपीओ अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएमा विजय लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँबराबरको एफपीओ जारी गर्नेछ।

जसअनुसार संस्थाले १०० रुपैयाँ अंकित दरका कुल ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ निष्कासन गर्नेछ।

लघुवित्त वित्तीय संस्थाको एफपीओ बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ।

Comments

Back to top