बदामको शरबत पिउनुका फाइदा
गर्मीमा बदामको शरबतको सेवनले स्वास्थ्यलाई राम्रो बनाउन सकिन्छ ।
यस शरबतमा मिनरल्स तथा भिटामिनहरु प्रसस्त मात्रामा पाइन्छ । जसलाई पिउँदा स्वास्थ्यसम्बन्धी जोडिएका धेरै समस्याहरुबाट छुटकारा पाउन सकिन्छ । त्यसैले गर्मी मौसममा खानपानमा अवस्य बदाम शरबतलाई समावेश गराउनुहोस् ।
आँखाका लागि फाइदाजनक
बदामको शरबत आँखाका लागि एकदमै फाइदाजनक हुन्छ। बदाममा भिटामिन ए र ईको राम्रो मात्रामा पाइन्छ जसले आँखासँग जोडिएका समस्याहरुलाई कम गर्ने गर्दछ ।
पाचनका लागि फाइदा
बदामको शरबतमा कैयौं त्यस्ता गुणकारी पोषक तत्व पाइन्छन्, जो पाचन क्रियालाई राम्रो बनाउनका लागि सहयोगी हुन्छन् । यसमा फाइबरको भरपूर मात्रा हुन्छ जसले पाचनलाई बलियो बनाउँछ, कब्जियत, अपच र ग्यास आदि समस्यासँग पनि छुट्कारा पाइन्छ ।
मोटोपनबाट छुट्कारा
बढिरहेको तौलले चिन्तित हुनुहुन्छ र तौल कम गर्न चाहनुहुन्छ भने बदामको शरबतको सेवन तपाईंका लागि फाइदाजनक हुन सक्छ । यस शरबतमा फाइबर धेरै हुनुका साथै क्यालोरी कम हुन्छ त्यसैले पेट भरिएको महसुस हुन्छ र तपाईंको अन्य खानपानमा नियन्त्रण हुन्छ ।
हड्डीका लागि फाइदा
बदामको शरबत हड्डी तथा मांसपेशीहरुका लागि पनि एकदमै फाइदाजनक हुन्छ । यस शरबतमा भिटामिन डी र क्याल्सियम पनि हुने भएकाले यसले हड्डीको विकासको लागि सहयोग गर्दछ । यदी तपाईंलाई हड्डीसम्बन्धी समस्या छ भने पनि यो शरबतलाई नियमित सेवन गर्न सक्नुहुन्छ ।
रोग प्रतिरोधात्मक क्षमता बढ्छ
मौसम परिवर्तनसँगै हुने विमारीहरुबाट लड्नका लागि शरीरको रोग प्रतिरोधात्मक क्षमता बलियो हुनु पर्दछ । जसलाई बलियो बनाउने काम बदाम शरबतले गर्दछ । यस शरबतमा एन्टीअक्सीडेन्ट गुण पाइन्छ जसले इम्यूनिटी पावरलाई बढाउने गर्दछ । जसले गर्दा तुरुन्तै कुनै विमारले तपाईंलाई भेटाउँदैन ।
छालाका लागि फाइदाजनक
यो शरबत पिउने गर्दा छालाका लागि पनि फाइदा हुन्छ । यो शरबत पिउँदा छालामा जम्मा भएका टक्सिनहरु बाहिर निस्कन्छ । जसले गर्दा छाला चम्किलो तथा मुलायम बन्छ । त्यस्तै छालाका लागि चाहिने भिटामिन ई र डी ले पनि छालामा चमक ल्याउने काम गर्छ ।
एजेन्सी
Comments