कुमारी बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
कुमारी बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको कुल २८ हजार ६३३ कित्ता शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ ।
शेयर खरिद गर्न जोकोही लगानीकर्ताले आवश्यक कागजातसहित ३५ दिनभित्र बैंकको रजिष्टर्ड कार्यालय कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौं वा कुमारी बैंकको प्रधान कार्यालय टंगालमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
बैंकले यसअघि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्रीमा राखिसकेको छ । शेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।
एजेन्सी
Comments