नेप्सेमा १५.९३ अंकको गिरावट, सेयर कारोबार ८ अर्ब ३६ करोड!
बिहिबार नेप्से परिसूचक १५.९३ अंकले घटेर २,७३४.९३ विन्दुमा पुगेको छ।
यस दिन कारोबार भएका ३०७ कम्पनीको कुल १ करोड ६७ लाख ९७ हजार ७२७ कित्ता सेयरको करिब ८ अर्ब ३६ करोड ९६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ४० कम्पनीको सेयर मूल्य बढेको छ, २०१ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।
यस दिन कारोबार भएका २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ।
प्रमुख कारोबार
यस दिन टप गेनरमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ। टप लुजरमा सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.३७% ले घटेको छ। कारोबार रकमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४२ करोड १९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा अंखु खोला जलविद्युत कम्पनी लिमिटेडको कारोबार भयो।
Comments