मुक्तिनाथ म्युचुअल फन्ड १ को आजदेखि बिक्री खुला
मुक्तिनाथ क्यापिटल आज मंसिर २० गतेदेखि म्युचुअल फन्ड योजना बिक्री खुला गरेको छ । मुक्तिनाथ म्युचुअल फन्ड अन्तर्गत ‘मुक्तिनाथ म्युचुअल फन्ड १’ को १० करोड इकाई बिक्री खुला गरेको हो ।
उक्त योजना प्रतिइकाई १० रुपैयाँको दरले जारी भएको हो । कुल योजनाको आकारमध्ये १५ करोड रुपैयाँ बराबरको इकाई मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ क्यापिटलले खरिद गर्नेछन् ।
बाँकी रहेको ८५ करोड रुपैयाँ बराबरको ८ करोड ५० लाख इकाई सर्वसाधारणको लागि निष्कासन भएको हो ।
यसमा न्यूनतम १०० इकईदेखि अधिकतम १ करोड इकाईसम्म आवेदन दिन सकिनेछ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ।
यसमा मंसिर २४ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
मुक्तिनाथ क्यापिटलको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो पहिलो म्युचुअल फन्ड हो । यो योजना विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामूहिक लगानी कोष रहेको छ ।
एजेन्सी
Comments