प्रतिकुल मौसमका कारण श्रीलंकामा १७ जनाको गयो ज्यान
श्रीलंकामा प्रतिकुल मौसमका कारण १७ जनाको मृत्यु भएको छ । दक्षिण पश्चिम बंगालको खाडीबाट उत्पन्न ‘चक्रवात फेंगल’ बाट श्रीलंकामा हालसम्म १७ जनाको ज्यान लिइसकेको छ।
सो विपदमा परी हालसम्म ३० जना घाइते भएको विपद् व्यवस्थापन केन्द्र (डीएमसी) ले जनाएको छ। उसका अनुसार देशमा विद्यमान प्रतिकुल मौसमका कारण १ लाख ४२ हजार ६२४ परिवारका ४ लाख ७९ हजार ८७१ व्यक्ति प्रभावित हुन पुगेका छन् ।
यसबीचमा १ सय ३ घर पूर्णरुपमा र २ हजार ६ सय ३५ घरमा आंशिक क्षति पुगेको डीएमसीले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले देखाएको छ ।
अत्यधिक मौसमी अवस्थाबाट प्रभावित ८ हजार ४ सय ७० परिवारका कुल २७ हजार ५१७ व्यक्तिहरू हाल राहत केन्द्रहरूमा रहेको डीएमसीले जनाएको छ।
एजेन्सी
Comments