हिमालयन क्यापिटल लिमिटेडको ७ प्रतिशत नगद लाभांश पारित

हिमालयन क्यापिटल लिमिटेडले आफ्नो सातौं वार्षिक साधारण कार्तिक २८ गते बुधबार क्यापिटलको केन्द्रीय कार्यालयमा सम्पन्न गरेको छ ।

साधारण सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम ७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

साथै आर्थिक वर्ष २०८०/८१ सम्मको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ ।

साधारण सभाले संस्थाका संचालकहरुको पुर्ननियुक्ति सम्बन्धि प्रस्ताव पनि अनुमोदन गरेको कम्पनीले जनाएको छ।

हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हिमालयन क्यापिटल लिमिटेडले मर्चेन्ट बैंकिंग सेवा अन्तर्गत निक्षेप सदस्य, सेयर रजिष्ट्रार, निष्काशन तथा बिक्री प्रबन्धन, लगानी व्यवस्थापन, कोष व्यवस्थापक तथा डिपोजिटरी र संस्थागत परामर्श सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

एजेन्सी

Comments

Back to top