चुरोटबाहेक यी चिजले गर्छ फोक्सोलाई हानि
फोक्सोको क्यान्सरको मुख्य कारण धुम्रपान हो । तर, धुम्रपानबाहेक अन्य कारणले पनि फोक्सोको क्यान्सर हुन सक्छ ।
धुम्रपान गर्नु घातक हो तर, यसले वरिपरि बस्ने मानिसको फोक्सोलाई पनि हानी हुन्छ । चुरोटको धुवाँले हावामा धेरै विषाक्त रसायनहरू छोड्छ, जुन हावा लिँदा फोक्सोमा पुग्छ।
यस्ता कारणहरू छन्, जसले फोक्सोको क्यान्सरको जोखिमलाई बढाउने गर्छ।
रेडोन ग्यास : यो रङ्गहीन, गन्धहीन र रेडियोधर्मी ग्यास हो, जुन प्राकृतिक रूपमा माटो र चट्टानमा पाइन्छ । यो घरहरूमा जम्मा हुन सक्छ र सासको माध्यमबाट फोक्सोसम्म पुग्छ । यसले क्यान्सरको जोखिम बढाउन सक्छ।
वायु प्रदूषण : सवारी साधन, उद्योग र बिजुली प्लान्टबाट निस्कने प्रदूषणमा फोक्सोलाई हानि पुर्याउने धेरै हानिकारक कणहरू हुन्छन् । जुन क्यान्सरको कारण बन्न सक्छ ।
एस्बेस्टोस : यो एक खनिज हो, जुन निर्माण कार्यमा प्रयोग गरिन्छ। एस्बेस्टोस फाइबर सासमार्फत् फोक्सोमा जम्मा हुन्छ र क्यान्सर हुन सक्छ ।
रसायनहरू : केही रसायनहरू जस्तै- एजेन्ट ओरेन्ज, एरोसोल स्प्रे र केही औद्योगिक रसायनहरूले फोक्सोको क्यान्सरको जोखिम बढाउन सक्छ ।
विकिरण : विकिरण थेरापी वा केही अन्य प्रकारको विकिरणका कारण पनि क्यान्सर हुन सक्छ।
आनुवंशिक कारकहरू : केही व्यक्तिहरूमा फोक्सोको क्यान्सरको परिवारमा पहिले फोक्सोको क्यान्सर थियो भने पछि उसको परिवारका सदस्यमा क्यान्सर हुने उच्च जोखिम हुन्छ ।
फोक्सो स्वस्थ राख्न के गर्ने ?
धुम्रपान छोड्नु फोक्सोको स्वास्थ्यको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो । सकेसम्म सफा हावामा बस्ने प्रयास गर्नुहोस् । प्रदूषित क्षेत्रमा मास्क लगाएर मात्र जानुहोस् ।
साथै, नियमित रूपमा आफ्नो घर सफा गर्नुहोस् र धुलो हटाउनुहोस् । नियमित व्यायामले पनि फोक्सोको स्वास्थ्यमा सुधार गर्छ । वर्षमा एक पटक आफ्नो स्वास्थ्यको जाँच गराउनुहोस् ।
एजेन्सी
Comments