इजरायललाई अमेरिकाको चेतावनी : इरानको आणविक र तेल साइटबाट टाढा रहनू

अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई इरानको आणविक र तेल स्थलमा आक्रमण नगर्न चेतावनी दिएका छन् ।

बाइडेनले भने, ‘इजरायलसँग आफ्नो रक्षा गर्ने र यस महिनाको सुरुमा इरानी आक्रमणको जवाफ दिने अधिकार छ ।’

तर, बाइडेनले इजरायलले इरानको आणविक स्थलमा आक्रमण गरेमा भने समर्थन नगर्ने बताए । इरानको आणविक साइटमा आक्रमणले स्थिति बिग्रन सक्ने उनी बताउँछन् ।

यसबाहेक अमेरिकाले इजरायललाई इरानको तेल अड्डाबाट टाढा रहन चेतावनी दिएको छ ।

बाइडेनले अक्टोबर ४ मा दिएको यसअघिको वक्तव्यमा पनि भनेका थिए, ‘यदि म इजरायलको ठाउँमा भएको भए इरानी तेल क्षेत्रमाथि आक्रमण गर्नुको सट्टा अन्य विकल्प सोच्ने थिएँ ।’

अमेरिकाले इजरायली हवाई हमलाको जवाफ नदिन इरानलाई पनि अपिल गरेको छ ।

वरिष्ठ अमेरिकी अधिकारीहरूले यस सम्बन्धमा जारी गरेको विज्ञप्तिमा इरानले इजरायली आक्रमणको जवाफ दिने निर्णय गरेमा हामी पनि तयार रहने र इरानले फेरि एकपटक गम्भीर परिणाम भोग्नुपर्ने बताएका छन् ।

अमेरिकी अधिकारीहरूले पनि आफ्नो बयानमा भनेका छन्, ‘इजरायल र इरानबीच प्रत्यक्ष गोलीबारी बन्द गरिनुपर्छ । हामी लेबनानमा युद्ध अन्त्य गर्न र गाजामा युद्धविराम र इजरायली बन्धकहरूको फिर्ताको प्रयासलाई समर्थन गर्न वार्ताको नेतृत्व गर्न तयार छौं ।’

एजेन्सी

Comments

Back to top