शरीरमा आइरनको कमी पूरा गर्न खानुहोस् किसमिस

महिलाहरूको उमेर बढ्दै जाँदा आइरनको कमी हुन थाल्छ। आइरनको कमीले शरीरमा रगतको मात्रा पनि कम हुँदै जान्छ । रगतको कमीले गर्दा शरीरमा दिनभर थकान, कमजोरी र अल्छीपन रहन्छ ।

बच्चाहरूमा पनि आइरनको कमी पाइन्छ । यसको लागि औषधिको सट्टा केही प्रभावकारी घरेलु उपायहरू पनि उपयोगी साबित हुन्छ ।

किसमिस एउटा सानो ड्राईफ्रुट हो, जसलाई खानाले शरीरमा आइरनको कमीलाई हटाउन सकिन्छ । शरीरमा रगतको कमी हुँदा किसमिसको पानी र भिजेको किसमिस खान राम्रो मानिन्छ।

भिजेको किसमिस र त्यसको पानी पिउने

पानीमा भिजेको किसमिस खानाले शरीरमा रगतको कमी हट्छ । यसको लागि राति १०–१२ किसमिस पानीमा भिजाउनुहोस् र बिहान उठेर सबैभन्दा पहिले यो किसमिस र यसको पानी पिउनुहोस् । यसो गर्दा केही महिना मै शरीरमा रगतको कमी हटाउन सकिन्छ ।

दूधमा भिजाएर खाने

हेमोग्लोबिन कम हुँदा किसमिसलाई दूधमा भिजाएर पनि खान सकिन्छ । यसले किसमिस खानुको फाइदा धेरै गुणा बढाउँछ । किसमिस दूधमा भिजाएर खानाले शरीरको कमजोरी हट्छ । यसले शरीरमा शक्ति आउँछ र आइरनको कमी पनि हट्छ । तपाईं १ गिलास दूधमा ८–१० दाना किसमिस उमाल्नुहोस् र हल्का चिसो भएपछि पिउनुहोस् ।

खाली पेट खाने

किसमिस देख्नमा सानो ड्राई फ्रूट र मूल्यमा सस्तो भए पनि, गुणमा यो काजु बदाम भन्दा कम छैन । जो मानिसहरू दैनिक खाली पेट किसमिस खान्छन्, उनीहरूको शरीर स्वस्थ रहन्छ । खाली पेट किसमिस खानाले शरीरमा रगत बढ्छ । यसले पाचन प्रणालीलाई मजबुत बनाउँछ र स्वस्थ तरिकाले तौल बढाउँछ ।

एजेन्सी

Comments

Back to top