यसकारण रोक्न हुँदैन हाच्छिउँ, जानीराख्नुस रोचक ७ तथ्य

के तपाईलाई थाहा छ हाच्छिउँ आउन खोज्दा रोक्ने बानीले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ भन्ने कुरा ? हो हाच्छिउँ रोक्नु तपाईंको लागि कहिले काही प्राणघातक हुन सक्छ । डाक्टरहरुका अनुसार, हाच्छिउँ आउँदा यसलाई रोक्न यदि तपाईंले नाक र मुख बन्द गर्नुभयो भने गम्भीर चोट लाग्न सक्छ ।

साइन्स जर्नल बिएमजे केस रिपोर्टमा डाक्टरहरुले बताएका छन् । जब हाच्छिउँ रोक्ने कोसिस गरिन्छ, यसबाट तपाईंको कानमा असर पर्न सक्छ । यसका साथै मस्तिष्कको नसा फाट्न पनि सक्छ। हाच्छिउँ सम्बन्धी रोचक तथ्य यस प्रकार छन् ।

१. हाच्छिउँ गर्दा निस्कने वायु, पानी तथा धुलोका कणका गति १६० किलोमिटर प्रतिघन्टासम्म पुग्न सक्छ।

२. हाच्छिउँ गर्दा निस्कने किटाणुहरु ९ मिटर अर्धव्यासको क्षेत्रसम्म फैलन सक्छ।

३. हाच्छिउँ गर्दा शरीरको सिस्टम रिस्टार्ट हुन्छ र शरीरमा पुनस्फुर्ति ल्याँउछ।

४. धुवा, धुलो, चिसो एलर्जी बाहेक सूर्यको किरण पनि हाच्छिउँको कारण बन्न सक्छ। करीब चार मध्ये एक जनामा यो प्रभाव देखिन्छ।

५. नाक भित्र रहेका खराब पदार्थ एकै पटक बाहिर ननिस्कने हुँदा हाच्छिउँ दुई तीन पटकसम्म लगातार आउन सक्छ।

६. हाच्छिउँ गर्दा हाम्रो आँखा आफै बन्द हुने गर्छ ।

७. हाच्छिउँ गर्दा मुटुको धडकनको गति पूर्ण रुपले बन्द त हुँदैन तर घट्छ ।

एजेन्सी

Comments

Back to top