इजरायली आक्रमणमा परि लेबनानमा तीन पत्रकारको मृत्यु

पूर्वी लेबनानमा इजरायली सेनाले गरेको आक्रमणमा परी तीन पत्रकारको मृत्यु भएको छ ।

बीबीसीकाअनुसार सात सञ्चारसंस्थाका एक दर्जनभन्दा बढी पत्रकारहरूले प्रयोग गरिरहेको हसबायाको एउटा कम्पाउण्डमा रहेको गेस्टहाउसमा इजरायलले आक्रमण गरेको थियो ।

मृत्यु हुनेमा क्यामेरा अपरेटर घसान नज्जर, इरानी समर्थक समाचार च्यानल अल मायादीनका इन्जिनियर मोहम्मद रेदा र हिजबुल्लाहसँग सम्बद्ध अल-मनारका क्यामेरा अपरेटर विसाम कासिम छन् ।

लेबनानको स्वास्थ्य मन्त्रालयले विस्फोटमा अन्य तीन जना घाइते भएको जनाएको छ ।

सन् २०२३ अक्टोबरमा इजरायल–हमास युद्ध सुरु भएदेखि गाजा, वेस्ट ब्यांक, इजरायल र लेबनानमा १२८ पत्रकारको मृत्यु भइसकेको छ ।

एजेन्सी

Comments

Back to top