हड्डी बलियो बनाउन खानुहोस् यी फल

हिजोआज बढ्दो उमेरसँगै जोर्नी तथा हड्डीहरुमा दुखाई आम कुरा भइसकेको छ ।

यदी तपाईंलाई पनि जोर्नी तथा हड्डी दुख्ने समस्या छ भने तपाईंले आफ्नो खानपानमा केही फलहरु समावेश गर्न सक्नुहुन्छ जसले हड्डीलाई बलियो बनाउन मद्दत गर्छ । 

स्याउ
यसमा क्याल्सियम र भिटामिन सी भरपूर मात्रामा पाइन्छ । यी दुबै तत्वले शरीरमा कोलेजन निर्माण गर्न तथा हड्डीहरुमा नयाँ कोषिका निर्माण गर्नका लागि सहयोग गर्दछन् ।

स्ट्रबेरी

स्ट्रबेरी एन्टीअक्सीडेन्टले भरिपूर्ण हुन्छ । यसले कमजोर हड्डीहरुलाई बलियो बनाउन सहयोग गर्छ ।

मेवा

मेवामा धेरै पोषक तत्वहरु पाइन्छन् जसले हड्डीहरुलाई बलियो बनाउन एकदमै सहयोग पुग्दछ ।

भुँइकटहर

यसमा प्रसस्त मात्रामा पोटाशियम पाइन्छ । पोटाशियमले हड्डीहरुमा हुने क्याल्सियमको कमीलाई पूरा गर्ने काम गर्छ । यो एकदमै फाइदाजनक हुन्छ ।

सुन्तला

हड्डी बलियो बनाउनका लागि सुन्तला पनि फाइदाजनक हुन सक्छ । सुन्तलामा प्रसस्त्र मात्रामा क्याल्सियम र भिटामिन सी पाइन्छ । जसले हड्डीलाई बलियो बनाउँछ ।

केरा

केरामा म्याग्नेशियम एकदमै धेरै पाइन्छ । जसले हड्डी तथा दाँतहरुलाई बलियो बनाउने र यसको विकासमा सहयोगी भूमिका निर्वाह गर्दछ ।

कीबी

कीबीमा सबैभन्दा धेरै क्याल्सियम हुन्छ । यसले हड्डी बलियो बनाउनका साथै आस्टियोपोरोसिसको समस्यालाई पनि रोक्ने काम गर्छ ।

एजेन्सी

Comments

Back to top