रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी ट्याब्लेट सार्वजनिक

ग्लोबल टेक्नोलोजी लिडर दाबी गर्दै आएको शाओमीले नेपाली बजारमा दुई नयाँ ट्याब्लेटहरू रेड्मी प्याड प्रो फाइभजी र रेड्मी प्याड एसई ८.७ फोरजी सार्वजनिक गरेको छ।

रेड्मी प्याड प्रो फाइभजी १२.१ इन्चको अल्ट्रा–क्लियर डिस्प्ले १६ः१० एस्पेक्ट रेसियो र २४९ पिपिआईको रिजोल्युसनको साथ आउँछ। यसमा १२० हर्ट्जको एडाप्टिभ रिफ्रेस रेट र ६०० निट्सको याच बी यम ब्राइटनेसछ।

यस ट्याब्लेटमा स्न्यापड्र्यागन ७ एस जेन २ प्रोसेसर रहेको छ। १० हजार एमएएच क्षमताको ब्याट्री र ३३वाट फास्ट चार्जिङ सपोर्टले १४.४९ घण्टासम्म एचडी भिडियो प्लेब्याकको सुविधा पनि दिन्छ।

चारवटा स्टीरियो स्पिकर र डल्बी एटमस सपोर्ट पनि रहेको छ। यसमा रेड्मी स्मार्ट पेन र रेड्मी प्याड प्रो किबोर्ड जस्ता एक्सेसरीहरू पनि पाइन्छ।

यता, रेड्मी प्याड एसई ८.७ फोरजी ८.७ इन्चको एलसीडी डिस्प्ले र हल्का डिजाइनका साथ आउँछ। यसमा ८४.४१ प्रतिशत स्क्रिन-टु-बडी रेसियो र ६०० निट्सको ब्राइटनेस रहेको छ।

मीडियाटेक हेलियोजी ८५ प्रोसेसरद्वारा सञ्चालित यस ट्याब्लेटमा ६ जीबाको र्याम र ९० हर्ट्जको रिफ्रेस रेट रहेको छ। ६ हजार ६५० एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जिङ सपोर्टले यस ट्याब्लेटलाई लामो समयसम्म चलाउन सकिन्छ।

१२८जीबी आन्तरिक स्टोरेज र २टीबीको एक्सप्यान्डेबल स्टोरेज सपोर्टले फाइल र मिडियाका लागि पर्याप्त ठाउँ दिन्छ।

रेड्मी प्याड प्रो फाइभजी ग्रेफाइट ग्रे र मिन्ट ग्रीन रङ्गमा तथा उपलब्ध रहेको छ। यसको ६ जीबी + १२८ जीबाको मूल्य रु. ३९,९९९ र ८ जीबी + २५६जीबीको मूल्य रु ४४,९९९ हो।

रेड्मी स्मार्ट पेनको मूल्य रु. ६,४९९ रहेको छ भने रेड्मी प्याड प्रो किबोर्ड पनि रु. ६,४९९ मूल्यमा उपलब्ध रहेको छ।

रेड्मी प्याड एसई ८.७ फोरजी ग्रेफाइट ग्रे, स्काई ब्लू र अरोरा ग्रीनमा उपलब्ध छ भने यसको मूल्य रु. १९,९९९ रहेको छ।

यी सबै ट्याब्लेटहरू नेपालभरिका सबै एमआई स्टोर तथा शाओमीका आधिकारिक खुद्रा बिक्रेता पसलहरूमा उपलब्ध छन्।

एजेन्सी

Comments

Back to top