बेष्ट फाइनान्स कम्पनीको २७ औं वार्षिक साधारणसभा कात्तिक १४ गते

बेष्ट फाइनान्स कम्पनी लिमिटेडले २७ औं वार्षिक साधारण सभा कात्तिक १४ गते बोलाएको छ । कम्पनीको असोज २२ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले निर्णय गरेको थियो ।

साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर प्रक्रियाका लागि र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

साथै आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन,लेखापरीक्षक र वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरूमाथि छलफल गर्ने तथा २ जना सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले कात्तिक २ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । सोका आधारमा कात्तिक १ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन सक्नेछन् ।

साधारण सभा काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहानको ११ बजे सभा बस्ने भएको छ ।

एजेन्सी

 

Comments

Back to top