बच्चाको दिमाग तेज बनाउने खाना

हामी सबै चाहन्छौं हाम्रो बच्चा एकदमै एक्टिब तथा स्वस्थ रहुन् । उनीहरुको दिमागलाई सही पोषण मिलोस् ताकी उनीहरु हरेक कुरा सिक्नका लागि अगाडि रहुन् ।

अन्डा, माछा र हरिया तरकारी यस्ता जरुरी पोषक तत्वहरुले भरिपूर्ण छन् जो बच्चाको शारीरिक तथा मानसिक विकासका लागि आवश्यक हुन्छ ।

दिमागलाई सही ढंगले काम गर्नका लागि बच्चाहरुलाई सही पोषणयुक्त खाना दिन जरुरी हुन्छ । त्यसैले यहाँ जानौं बच्चाको खानपानमा कस्तो खानेकुरा समावेश गर्नुपर्ने हुन्छ ।

१. अन्डा

अन्डा पोषक तत्वले भरपूर हुन्छ । राम्रो कुरा बच्चालाई अन्डा मन पनि पर्छ । अन्डा खानाले बच्चाको दिमाग राम्रो हुन्छ, सही तरिकाले काम गर्छ किनकि यसमा कोलीन, भिटामिन बी १२, प्रोटिन तथा सेलेनियम जस्ता पोषक तत्वहरु पाइन्छ । कोलीन एउटा यस्तो भिटामिन हो जो दिमागको विकासलाई लागि एकदमै जरुरी हुन्छ ।

२. दही

दिमागले सही ढंगले काम गर्नलाई फ्याटको पनि आवश्यकता पर्दछ । प्रोटिन र फ्याटले भरिपूर्ण दहीले पनि दिमागलाई स्वस्थ राख्ने काम गर्छ । यसमा पोलीफेनाल्स पनि पाइन्छ, जसले दिमागको रक्तप्रवाहलाई बढाउने काम गर्छ ।

३. हरियो तरकारी

हरेक आमाबुवालाई बच्चाहरुलाई हरियो तरकारी खुवाउनु भनेको ठूलो चुनौतीको विषय हुन्छ । किनकी बच्चाहरु तरकारी खान मान्दैनन् । तर विभिन्न सोध तथा अध्ययनहरुले बताएका छन्, पोषणले भरिपूर्ण तरकारी बच्चाको दिमागका लागि राम्रो हुन्छ ।

पालक, ब्रोकाउली जस्ता तरकारीले दिमागी विकासमा पनि एकदमै महत्वपूर्ण भूमिका खेल्छन् ।

४. नट्स

विभिन्न नट्स तथा बीजहरु पनि पोषक तत्वले भरिपूर्ण हुन्छन्। जसले दिमागलाई चुस्तदुरुस्त राख्ने काम गर्छन् । यसमा भिटामिन ई, जिंक, फोलेट, आइरन तथा प्रोटिन पाइन्छ ।

नट्स खानाले बच्चाको खानपान मात्र राम्रो हुँदैन उनीहरुको शारीरिक तथा मानसिक विकासमा पनि यसले राम्रो काम गर्छ ।

एजेन्सी

Comments

Back to top