नेप्सेमा २५.८८ अंकको वृद्धि, ४ अर्ब १७ करोडको सेयर कारोबार!

मंगलबार नेप्से परिसूचक २५.८८ अंकले बढेर २,६६५.८१ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१४ कम्पनीको कुल १ करोड ९ लाख ६२ हजार २८१ कित्ता सेयरको करिब ४ अर्ब १७ करोड १६ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १९९ कम्पनीको सेयर मूल्य बढेको छ, ४० कम्पनीको मूल्यमा गिरावट छ भने ५ कम्पनी स्थिर रहे।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा रावा इनर्जी डेभलपमेन्ट लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ८.८६ प्रतिशतले बढेको छ भने टप लुजरमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ जसको सेयर मूल्य ४.७५% ले घटेको छ। कारोबार रकमका आधारमा गुडविल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १७ करोड ३२ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top