हाथवे इन्भेष्टमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हाथवे इन्भेष्टमेन्ट नेपालको लाभांश सुरक्षित गर्ने आज मंगलबार कात्तिक ६ गते अन्तिम दिन हो । वार्षिक साधारण सभा तथा लाभांश प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

गत वर्षको नाफाबाट यस कम्पनीले लगानीकर्तालाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्दैछ ।

उक्त लाभांश प्रस्ताव पारित गर्न हाथवेले कात्तिक २५ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा आम्रपाली ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।

साधारण सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह लगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहनेछ ।

एजेन्सी

Comments

Back to top