नेप्सेमा ५७.९९ अंकको गिरावट, ५ अर्ब ९० करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ५७.९९ अंकले घटेर २,६३९.९२ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१९ कम्पनीको कुल १ करोड ३८ लाख ६३ हजार ४४३ कित्ता सेयरको करिब ५ अर्ब ९० करोड ७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २३ कम्पनीको सेयर मूल्य बढेको छ, २२१ कम्पनीको मूल्यमा गिरावट छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा वीन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ भने टप लुजरमा न्यादी ग्रुप पावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ९.२०% ले घटेको छ। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन २२ करोड ३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा कुमारी बैँक लिमिटेडको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top