सिईडिबि हाईड्रोले डाक्यो विशेष साधारणसभा

सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २० गते विशेष साधारणसभा डाकेको छ । कम्पनीको कात्तिक ४ गते बसेको सञ्चालक समितिको बैठकले कालिमाटीस्थित कालिमाटी ब्याङ्क्वेटमा बिहानको ८ बजे सभा डाकेको हो ।

सभाले ५ जना संचालकहरूको नियुक्ति गर्नुका साथै कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने र नियामक निकायको निर्देशन अनुसार आवश्यक परिमार्जन तथा थपघट गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ ।

विशेष सभा प्रयोजनार्थ कम्पनीले कात्तिक १२ गते बुक क्लोज गर्ने भएको छ । यसका आधारमा कात्तिक ११ गतेसम्म कायम शेयरधनीहरू सभामा भाग लिन योग्य हुनेछन् ।

एजेन्सी

Comments

Back to top