तौल बढाउनका लागि यसरी खानुहोस केरा

एक स्वस्थ र फिट शरीर सबैको चाहना हुन्छ । तर कतिपय अवस्थामा जे खाँदा पनि शरीर नलाग्ने समस्या हुन्छ । आवश्यकभन्दा धेरै दुब्लो शरीर पनि राम्रो र आकर्षक देखिँदैन । त्यसैले सही तौल हुन आवश्यक छ ।

यदि तपाईं एकदमै दुब्लो हुनुहुन्छ र रफ्तारमा तौल बढाउन चाहनुहुन्छ भने नास्तामा केरा समावेश गर्नुपर्ने हुन्छ । यसलाई दुधसँग खाने गरेमा मेटाबोलिक रेट एकदमै धेरै हुन्छ र तौल बढ्न मद्दत मिल्दछ ।

दही र केरा

यसले तपाईंको मेटाबोलिक रेट बढाउँछ र तपाईंको खाना खाने र पचाउने तरिकालाई बढाउँछ । त्यसैले यी दुवैचीज सँगै खानु एकदमै फाइदाजनक हुन्छ ।

बदाम र केरा

यी दुवै चीज सँगै स्मुदी बनाएर खान सक्नुहुन्छ । यसलाई तपाईं खानाको समयमा पिउन पनि सक्नुहुन्छ । यो प्रोटिनले भरपूर हुन्छ । बदाममा ओमेगा–३ पनि पाइन्छ ।

व्यायाम पछि खाने

स्वस्थ तरिकाले तौल बढाउनका लागि केरा खाने समय बिहान वा व्यायाम गरिसकेपछि राम्रो मानिन्छ । यसले मांसपेशीको विकासमा सहयोग पुग्छ ।

आँप र केरा

आँप र केरा दुवैमा प्रसस्त्र क्यालोरी पाइन्छ जसले गर्दा तपाईंको तौल रफ्तारमा बढ्नेछ । यसलाई स्मुदी बनाएर पिउन सक्नुहुन्छ ।

केरा र ड्राई फ्रुट

केरासँग ड्राई फ्रुट जस्तै काजु, बदाम, ओखर आदि मिसाएर स्मुदी बनाएर पिउन सकिन्छ । बिहानको नास्तामा यसलाई पनि समावेश गर्न सक्नुहुन्छ ।

यसरी तपाईं पनि केरा खाएर आफ्नो तौल बढाउन सक्नुहुन्छ। केरासँग फरक फरक चिज मिसाएर हरेक दिन फरक तरिकाले खान सक्नुहुन्छ ।

एजेन्सी

Comments

Back to top