पेटसँग जोडिएका समस्यामा ज्वानो खाने तरिका

त्यसो त ज्वानोलाई हामीले दिनहुँ जसो नै खानपिनमा प्रयोग गरिरहेकै हुन्छौं । यसले खानाको स्वाद बढाउनुका साथै पेट सम्बन्धी समस्या पनि राम्रो गर्दछ ।

ज्वानाोमा कैयौं औषधीय गुणहरु पाइन्छन् जसले तपाईंलाई गम्भीर विमारीहरुबाट टाढा राख्ने काम गर्छ । ज्वानो सेवन गर्ने विभिन्न तरिका छन् । 

भुटेर खाने

अपचको समस्याबाट छुट्कारा पाउनका लागि तपाईं आफूसँग ज्वानोलाई भुटेर राख्न सक्नुहुन्छ । ज्वानोलाई भुटेर खाने गर्दा अपचको समस्याबाट छिटै छुट्कारा पाइन्छ । दिनहुँ एक चम्चा भुटेको ज्वानो खान सक्नुहुन्छ । त्यसपछि एक गिलास मनतातो पानी पिउनुहोस् । नियमित यो प्रक्रिया अपनाउँदा अपचको समस्या भाग्छ ।

ज्वानो र हिंगको पानी

ग्यास, पेट दुख्ने समस्यामा तपाईं ज्वानो र हिंगबाट तयार गरेको पानी पिउन सक्नुहुन्छ । यस्तो पानीलाई पिउँदा तपाईंको अपच, ग्यास, एसिडिटीको समस्या टाढा भाग्छ ।

यस पानीलाई तयार गर्नका लागि एक गिलास पानीमा आधा चम्चा ज्वानो र एक चुट्की हिंग राखेर आधा हुनेबेला सम्म उमाल्नुहोस् । त्यसपछि त्यो पानीलाई पिउनुहोस् ।

चुनासँग ज्वानो

ग्यास वा अपचबाट एकदमै छिटो घरेलु तरिकाबाट छुट्कारा पाउन चाहनुहुन्छ भने यो उपाय अपनाउन सक्नुहुन्छ । यसका लागि हातमा थोरै चुना लिनुहोस् र त्यसमा एक चम्चा ज्वानो मिसाउनुहोस् र दुबैलाई मिचेर तातो पानीसँग खानुहोस् । छाती पोल्ने जस्तो समस्यालाई पनि एकदमै कम गर्छ ।

एजेन्सी

Comments

Back to top