नेप्सेमा २.४७ अंकको वृद्धि, ७ अर्ब १९ करोडको सेयर कारोबार!

बिहिबार नेप्से परिसूचक २.४७ अंकले बढेर २,७४५.३६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१६ कम्पनीको कुल १ करोड ८८ लाख ७ हजार ४९२ कित्ता सेयरको करिब ७ अर्ब १९ करोड २७ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये ८९ कम्पनीको सेयर मूल्य बढेको छ, १४२ कम्पनीको मूल्यमा गिरावट छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा गुडविल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ७.६३ प्रतिशतले बढेको छ भने टप लुजरमा अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य ५.१९% ले घटेको छ। कारोबार रकमका आधारमा कुमारी बैँक लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३३ करोड १३ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top