क्रेटा ईभी सहित ३ नयाँ ईभी लन्च गर्दै हुन्डाई

हुन्डाईले आगामी दिनमा  आफ्ना  नयाँ  इलेक्ट्रिक मोडलहरु लन्च गर्ने तयारी गरिरहेको छ । मिडिया रिपोर्टका अनुसार कम्पनीले क्रेटाको इलेक्ट्रिक भेरिएन्ट पनि आगामी मोडलहरूमा समावेश गरेको छ । हुन्डाईले आगामी दिनमा ३ वटा नयाँ इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ ।

हुन्डाई  इन्डियाले आफ्नो  लोकप्रिय  एसयूभी  क्रेटाको  इलेक्ट्रिक भेरिएन्ट लन्च गर्ने तयारी गरिरहेको छ । सो एसयूभी धेरै पटक परीक्षणका क्रममा देखिसकिएको छ । यसको मूल्य १५ लाखदेखि १८ लाख भारुसम्म हुन सक्ने दावी गरिरहेको छ ।

हुन्डाई क्रेटा ईभीमा ४५ किलोवाट क्षमताको ब्याट्री प्याक जडान गरिने सम्भावना रहेको छ, जसको सर्टिफाइड रेन्ज लगभग ४५० किलोमिटर रहेको अनुमान गरिएको छ भने वास्तविक रेन्ज ३५० किलोमिटर हुने अनुमान गरिएको छ ।

हुन्डाई क्रेटा ईभीमा रहेको इलेक्ट्रिक मोटरले अधिकतम १३८ बीएचपी पावर र २५५ एनएमको पीक टर्क उत्पन्न गर्न सक्छ ।

हुन्डाईको अर्को इलेक्ट्रिक भेरिएन्ट इन्स्टर ईभी हुन सक्ने अनुमान गरिएको छ । मिडिया रिपोर्टका अनुसार आगामी हुन्डाई इन्स्टर ईभी २०२६ सम्ममा उपलब्ध हुन सक्ने अनुमान छ । हुन्डाई इन्स्टर ईभीले भारतीय बजारमा टाटा पन्च ईभीसँग प्रतिस्पर्धा गर्नेछ ।

हुन्डाई क्रेटा ईभी र इन्स्टर ईभी पछि कम्पनीले भेन्युको इलेक्ट्रिक भेरिएन्ट पनि लन्च गर्ने सम्भावना छ । हुन्डाई भेन्यु ईभीले बजारमा टाटा नेक्सन ईभीसँग सीधै प्रतिस्पर्धा गर्नेछ। यद्यपी कम्पनीले यसबारेमा आधिकारिक बयान भने दिएको छैन ।

एजेन्सी

Comments

Back to top