कसरी बन्यो गोल्डस्टार नेपालको चर्चित ब्रान्ड ?

नेपालमा गोल्ड स्टार जुत्ता बच्चा देखि बुढा मानिसहरु सबैमा निकै नै लोकप्रिय बन्दै गइरहेको छ । नेपाली ब्रान्डको यो जुत्ता नेपाल मात्र नभई अमेरिका, अस्टेलिया, भारत र मलेसिया सम्म पुगेको छ । गोल्ड स्टारले टिकाउ, किफायती र क्वालिटिको कारणले गर्दा जुत्ताको इन्डस्ट्रीमा सफलता प्राप्त गरेको हो । यही कारणले गर्दा गोल्ड स्टारले फुटवियर इन्डस्ट्रीमा आफ्नो ब्रान्ड नेम स्थापित गर्न सफल भएको छ । नेपालमा गोल्डस्टार कम्पनीले ३००० मानिसहरुलाई रोजगारी दिएको छ भने यो कम्पनीले दिनमा ७५००० जुत्ता उत्पादन गर्ने गरेको छ । इन्टरनेशनल रुपमा सफलता प्राप्त गर्दै गरेको गोल्ड स्टारको इतिहास निकै प्रेरणादायक छ ।

गोल्डस्टार जुत्ता कम्पनीको सुरुवात सन् १९७० मा भएको थियो । त्यो समयमा गोल्डस्टार जुत्ता युनिभर्सल ग्रुपको मुख्य बिजनेस र प्रडक्सन थियो । गोल्डस्टार ब्रान्ड नुर प्रताप राणाद्वारा संचालित गरिएको कम्पनी हो र उहाँको देहान्त पछि परिवारले यो बिजनेस ह्यान्डल गर्दै आएको छ । नुर प्रताप राणामा सधै आफैँ केही गर्ने जोश र जाँगर थियो । उहाँले आफु जवान हुँदा रुखको ट्रान्सर्पोटेसन र माइका इम्पोर्ट गर्ने बिजनेस गर्नुभएको थियो । यो बिजनेस बन्द गरेर उहाँले अरु भेन्डरमा बिजनेस सुरु गर्नुभयो तर त्यसमा पनि असफल भएपछि त्यो बिजनेस पनि बन्द भएको थियो । त्यसपछि उहाँले मार्केटमा हात्तीछाप चप्पल लिएर आउनुभयो । यो चप्पल बजारमा पपुलर हुँदै गए पछि उहाँले जुत्तामा आफ्नो बिजनेसको सुरुवात गर्नुभयो ।

गृहयुद्वको समयमा भने गोल्डस्टार जुत्ता कम्पनीले ठुलो समस्याको सामना गर्नु परेको थियो । गोल्डस्टार जुत्ता ब्रान्डेड र किफायती भएको कारणले गर्दा माओवादी छापामारहरुले पनि यो जुत्ता लगाउने गर्थे जसको कारण आम जनताले त्यो समयमा गोल्डस्टार जुत्ता लगाउदा माओवादी भन्ने सम्झेर पुलिसले जेलमा हाल्दिने गर्नाले कम्पनी समस्यामा परेको थियो । त्यतिबेला जसले गोल्डस्टार जुत्ता लगाएर ब्याकप्याक भिरेको छ त्यो व्यक्ति सिक्युरिटी फोर्सको संकाको घेरामा पर्थ्यो । सिर्फ जुत्ता लगाउनाले जेल पर्ने डरको कारणले गर्दा मानिसहरुले गोल्डस्टार जुत्ता लगाउन नै बन्द गरे र गोल्डस्टार कम्पनीले अपेक्षा गरे अनुसारको बजारमा पर्फम गर्न सकेन । तर नुर प्रतापजीले आफु माथि विश्वास गर्न कहिल्यै छोड्नु भएन र बिजनेस बन्द गर्नु भएन । यसकारणले गर्दा पनि कम्पनी अहिले नेपालको सबै भन्दा ठुलो जुत्ताको खुद्रा विक्रेता बनेको छ र सफलताको उचाइमा पुग्न सफल भएको छ । दुर्भाग्यवश नुर प्रतापजीको देहान्त ७८ को उमेरमा भयो र कम्पनीको जिम्मेवारी उहाँको छोरा अमिर प्रताप राणामा आयो ।

गृहयुद्वको समयमा समस्या आए पनि कम बिक्री भए पनि बिजनेस बिस्तारै अगाडी बढ्दै गयो । त्यसबेला बुढा मान्छेहरुले बढी गोल्डस्टार जुत्ता लगाउने गर्थे । गोल्डस्टार भन्ने बित्तिक्कै मानिसहरुले बुढा मान्छेले लगाउने जुत्ता भनेर सम्झिन्थे पछि गएर अमिरजी र उहाँको टिमले एक्सपर्ट हायर गरेर जुत्तालाई पुन आविष्कार गर्नु्भयो । जुत्तालाई युवा पुस्तालाई आकर्षित गर्ने किसिमले स्टाइलिस फेसनेबल रुपमा डिजाइन बनाएर बजारमा निकालियो । जुत्ता किफायती दाम र स्टालिस किसिमको भएपछि युवा पुस्ता र बच्चा सबैमा गोल्डस्टार जुत्ताको माग बढ्दै गयो र गोल्डस्टार पपुलर भई बिजनेसलाई पनि सफलता प्राप्त भयो । गोल्डस्टारको सफलताको कारण निरन्तर सुधार र किफायति मूल्य हो ।

गोल्डस्टारले फ्रान्चाइज मोडेलको प्रयोग गरेको छ । कुनै पनि लगानिकर्ताले कुनै पनि ठाँउमा गोल्डस्टार जुत्ताको फ्रान्चाइज किन्नु छ भने गोल्डस्टारको कम्पनीलाई सम्पर्क गरेर फ्रान्चाइज किन्छ र त्यसपछि लगानिकर्ताले गोल्डस्टारको सोरुम खोल्न सक्छ । सामानको वितरण र मार्केटिङ गोल्डस्टारको कम्पनीले गर्छ र प्रोफिटबाट केही प्रतिशत कम्पनीले लिन्छ । नेपालभरी गोल्डस्टारको ७० वटा आउटलेट छन् भने अनलाइन पनि जुत्ता विक्री हुने गर्छ । जुत्ताको राम्रो सँग विज्ञापन गरी गोल्डस्टारले आफ्नो कस्टुमर बढाएको छ। विज्ञापनको लागि गोल्डस्टारले सेलिब्रटी इन्ड्रोसमेन्ट र युवा मोडलहरु राखेर जुत्ताको प्रचार प्रसार गरी युवा पुस्ता माझ गोल्डस्टारले आफ्नो प्रडक्टलाई पपुलर बनाएको छ । गोल्डस्टारले स्ट्राटेजिक रुपमा आफ्नो प्रडक्टको प्रोमोसन गरेको छ जसको कारण उनीहरुले सफलता प्राप्त गरेका छन् ।

कम्पनीले जुत्ताको इन्डस्ट्रीमा आफ्नो कस्टुमरलाई स्टाइलिस र किफायति मुल्यमा बेच्ने परिकल्पना गरेको छ । गोल्डस्टारले भेराइटिको प्रडक्टहरु महिला, पुरुष र बच्चाहरुको लागि बजारमा निकालेको छ । कम्पनीको वार्षिक वृद्वि विगत ५ बर्ष देखि २५ – ३५ प्रतिशत हुदै आएको छ । गोल्डस्टारले रातारात सफलता प्राप्त गरेको भने होइन । आफ्नो कम्पनीको ब्रान्ड बनाउनको लागि निकै दृढ भई बसेको कारणले गर्दा सफलता प्राप्त गरेको हो । गोल्डस्टारले सफलताको लागि निकै परिश्रम गरेको छ र यो गृहयुद्वबाट पनि उदाएको कम्पनीको रुपमा मान्छेहरुले हेर्ने गर्छन् । यो जुत्ता नेपाल र भारत भरि बिक्री हुन्छ र वेस्टर्न देशहरुमा पनि अहिले यो जुत्ता पपुलर हुन थालेको छ ।

एजेन्सी

Comments

Back to top