नेप्सेमा ४३.२२ अंकको वृद्धि, ५ अर्ब ६६ करोडको सेयर कारोबार!

बुधबार नेप्से परिसूचक ४३.२२ अंकले बढेर २,७४२.८८ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३२० कम्पनीको कुल १ करोड ३२ लाख २४ हजार ३२२ कित्ता सेयरको करिब ५ अर्ब ६६ करोड २ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये २०६ कम्पनीको सेयर मूल्य बढेको छ, ३५ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक बढेको छ ।

प्रमुख कारोबार

यस दिन टप गेनरमा विजया लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.३३ प्रतिशतले बढेको छ भने टप लुजरमा अपर साङ्गे हाइड्रोपावर लिमिटेड रहेको छ जसको सेयर मूल्य १०% ले घटेको छ। कारोबार रकमका आधारमा नेपाल फाइनान्स लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १५ करोड ९ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड प्रोमोटरको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top