सानिमा बैंकले निक्षेपको ब्याजदर बढायो

सानिमा बैंकले कात्तिकमा ब्याजदर बढाएको छ । बैंकले विभिन्न खातामा कात्तिक १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर बढाएर सार्वजनिक गरेको हो ।

बैंकले कात्तिकमा मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ६.१५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर तोकेको छ ।

बैंकले रेमिट्यान्स खातामा ७.१५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि असोजमा बैंकले व्यक्तिगततर्फ ५.९० प्रतिशत, संस्थागततर्फ ४.३० प्रतिशत र रेमिट्यान्स खातामा ६.९० प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले कात्तिकमा साधारण बचत खातामा न्यूनतम ३.०४ प्रतिशतदेखि अधिकतम ५.०४ प्रतिशत ब्याजदर तोकेको छ। यसअघि असोजमा न्यूनतम ३.०५ प्रतिशतदेखि अधिकतम ५.०५ प्रतिशत ब्याजदर तोकेको थियो ।

बैंकले आधारदर घटेसँगै कर्जातर्फको ब्याजदर पनि घटेको छ । यसअघि बैंकको आधारदर ७.८३ प्रतिशत रहेकोमा घटेर ७.६५ प्रतिशतमा झरेको छ ।

एजेन्सी

Comments

Back to top