खानासँग धेरै पानी पिउँदा हुने नोक्सान

कोही मानिस खानु भन्दा पहिला पानी पिउँछन् भने कोहीले खानापछि । त्यस्तै कतिपयले खानासँगै पानी पिउने गर्दछन् । उनीहरु खानासँग बराबर मात्रामै पानी पिइरहेका हुन्छन् ।

खानासँगै पानी पिउन आनन्द लागे पनि यसले फाइदा भने गर्दैन । 

  • खाना खानेबेला पानी पिउनाले तौल बढ्ने समस्या हुन सक्छ । यसले खाना सहीसँग पच्न पाउँदैन जसले गर्दा खाना बोसोमा परिणत हुन्छ ।
  • खाना खानेबेला पटक पटक पानी पिउँदा इन्सुलिनको मात्रा बढ्न थाल्छ । यसले शरीरमा बोसो जम्मा हुन थाल्छ । त्यसैले यस्तो बानी तुरुन्तै बन्द गर्नुपर्दछ ।
  • यदि खाना खाने बेला धेरै पानी पिउनुभयो भने भोक मर्छ । जसले गर्दा तपाईंको पेटमा आवश्यक खाना नजान पनि सक्छ ।
  • खाना खानेबेला धेरै पानी पिउँदा पेटमा एसिड बन्न सुरु हुन्छ जसले गर्दा तपाईंलाई अमिलो डकार आउने समस्या हुन सक्छ ।
  • खाना खानेबेला पानी पिउने बानीले पेटको पाचन प्रक्रियालाई नै नराम्रो बनाउन सक्छ । यसले पाचन प्रक्रियालाई ढिलो गराइदिन्छ जसले गर्दा अपचको समस्या हुन्छ ।
  • खानासँग धेरै पानी पिउँदा शरीरमा अतिरिक्त बोसो बढ्न थाल्छ जसले गर्दा मोटोपनको समस्या आउन सक्छ ।
  • खाना खाने बेला पानीको मात्रा कम गर्नका लागि धेरै नुनिलो तथा मसालेदार खाना कम खानुहोस् । जसले तिर्खा कम लाग्छ । साथमा एकदमै साह्रो खाना खानुहुँदैन यसले पानी पिउन बाध्य बनाउँछ ।

एजेन्सी

 

Comments

Back to top