बीवाईडीद्वारा भारतमा ७-सीटर ईभी लन्च

बीवाईडी (बिल्ड योर ड्रीम) ले आफ्नो इलेक्ट्रिक वाहन पोर्टफोलियोलाई थप विस्तार गर्दै भारतीय बजारमा नयाँ ७-सीटर पारिवारिक इलेक्ट्रिक कार, बीवाईडी eMAX7 लाई आधिकारिक रूपमा सार्वजनिक गरेको छ।

आकर्षक लुक, शक्तिशाली ब्याट्री प्याक र एडभान्स फिचरहरूको साथमा आएको यो मल्टी पर्पस भेइकलको सुरुवाती मूल्य भारतमा 26.90 लाख रुपैयाँ (एक्स-शोरुम) निर्धारण गरिएको छ।

बीवाईडी eMAX7 का भेरियन्ट र मूल्य:

बीवाईडीले यस कारलाई दुई भेरियन्टमा प्रस्तुत गरेको छ: प्रीमियम र सुपीरियर। यी भेरियन्टहरू 6-सीटर र 7-सीटर सिटिङ लेआउटमा उपलब्ध छन्, र तिनीहरूको मूल्य यस प्रकार छ (रुपैयाँमा एक्स-शोरुम):

-प्रीमियम ६ सीटरको २६.९० लाख र ७ सीटरको २७.५० लाख

-सुपीरियर ६ सीटरको २९.३० लाख र ७ सीटरको २९.९० लाख

बीवाईडी eMAX7 लाई विशेष गरी ब्लेड ब्याट्री टेक्नोलोजीको साथमा प्रस्तुत गरिएको छ, जुन अन्य कुनै पनि इलेक्ट्रिक कारको तुलनामा धेरै सुरक्षित मानिन्छ। कम्पनीको दावी अनुसार, यो कार एक पटक फुल चार्ज गर्दा ५३० किलोमिटरको दूरी तय गर्न सक्षम छ। साथै, यसको ब्याट्री केही मिनेटमै चार्ज हुने क्षमतामा आधारित छ, जसले यसलाई निकै प्रभावकारी बनाउँछ।

डिजाइन र सुविधाहरू:

बीवाईडी eMAX7 को लुक र डिजाइन परम्परागत मल्टी पर्पस भेइकल जस्तै देखिन्छ। यसमा एडभान्स ड्राइभिङ फिचरहरू, जस्तै अडाप्टिभ क्रूज कन्ट्रोल, लेन किपिङ असिस्ट, र अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता विशेषताहरू छन्। यसले यात्रुलाई अझ सुरक्षित र आरामदायी अनुभव प्रदान गर्दछ।

बीवाईडीले यस कारलाई पारिवारिक प्रयोगका लागि विशेष डिजाइन गरेको छ, जसमा पर्याप्त सिटिङ र स्टोरेज क्षमता छ। यसमा छिटो चार्ज हुने टेक्नोलोजी सहितको ब्याट्री छ, जसले परिवारका लागि लामो यात्रा पनि सजिलो बनाउँछ।

एजेन्सी

Comments

Back to top