१७ वर्षमै १२ अर्बका मालिक

विश्वप्रसिद्ध स्ट्यानफोर्ड विश्वविद्यालयमा कम्प्युटर साइन्स अध्ययन गरिरहेका भारतीय आदित पालिचालाई उद्यमी बन्न मन लाग्यो। उद्यमी बन्नकै लागि भनेर उनले पढाइ हापे।

१७ वर्षको उमेरमा उनले सुरु गरेको एउटा कम्पनी असफल बनिसकेको थियो। तर उद्यमी बन्ने सपना असफल बनेको थिएन। यसका लागि उनले अर्को जोखिम मोल्ने निर्णय गरे। अनि आफ्ना साथी कैवल्य बोहरासँग किनेर ‘किराना कार्ट’ नामको स्टार्टअप सुरु गरे। दुर्भाग्य !

दस दिनमै बन्द भयो।उनी हार खाएनन्। अगाडि बढ्दै जाँदा फेरि ‘जेप्टो’ स्थापना गरे। सन् २०२१ मा सुरु भएको यो स्टार्टअपले सफलता हासिल मात्रै गरेन, एक वर्षमा ७४ अर्ब भारुको कम्पनीसमेत बन्यो।

जेप्टोको सफलताले आदित्यको जीवन नै परिवर्तन गरिदियो र उक्त कम्पनी २०२० मा १२ अर्ब भारु नेटवर्थ भएको कम्पनीको मालिक पनि बने। यस्तै कोफाउन्डर कैवल्यको नेटवर्थ १० अर्ब भारु पुग्यो। उनीहरु भारतका सबभन्दा कान्छा करोडपति बने। यो उपलब्धि उनीहरुले १९ वर्षमै हासिल गरेका हुन्।

पढाइ छोडेको फाइदा

आदित्यका अनुसार उनी सानैदेखि व्यापारी (बिजनेसम्यान) बन्न चाहन्थे। २०१७ मा ‘गो–पुल’ नामक कम्पनी बनाए तर बिजनेस चल्न सकेन। बिजनेस नचलेपछि उनी अमेरिकास्थित स्ट्यानफोर्ड विश्वविद्यालयमा कम्प्युटर साइन्स पढ्न गए। यद्यपि उनले डिग्री पूरा नगरी आफ्नो सपना पूरा गर्न भारत नै फर्किए। भारतमा कैवल्यसँग मिलेर किराना कार्ट सुरु गरे, जुन १० महिनामै बन्द हुन पुग्यो।

जेप्टो स्थापना

२०२१ मा दुवै जना मिलेर ग्रोसरी डेलिभरी गर्न जेप्टो कम्पनी सुरु गरे। जेप्टोको उद्देश्य तत्काल घरेलु सामाना डेलिभरी गर्नु थियो। उनीहरुको यो बिजनेस सफल बन्यो। कम्पनी सुरु भएको एक महिनाभित्रै यसको भ्यालु २० करोड डलर बन्यो। १० देखि १६ मिनेटभित्र ग्रोसरी डेलिभरी गर्ने उनको आइडिया सफल साबित भयो। यसरी कम्पनी सुरु गरेको ५ महिनामा यसको भ्यालु बढेर ५७ करोड डलर पुग्यो। जेप्टोका अनुसार २०२१ मा १० लाख अर्डर डेलिभरी गरेको छ।

बन्यो ७४ अर्बको कम्पनी

२०२२ मा जेप्टोको भ्यालुएसन ७४ अर्ब २० करोड भारु पुग्यो। यो उपलब्धि कम्पनीले एक वर्षमा हासिल गरेको हो। कम्पनी सफल भएपछि आदित्य र कैवल्य दुवै जना करोडपति बनेका छन्।

एजेन्सी

Comments

Back to top