बोइङले १० प्रतिशत कर्मचारी कटौती गर्ने

बोइङले आउँदो केही महिनामा आफ्ना १० प्रतिशत कर्मचारीलाई हटाउने शुक्रबार जनाएको छ । एक महिना लामो हड्तालका कारण बोइङको उत्पादनमा कटौती हुने कम्पनीले जनाएको छ ।

बोइङका अनुसार, रोजगारी कटौतीले कम्पनीका सबै तहका करिब १७ हजार कामदारलाई असर पार्नेछ । कम्पनीले २९ जेटका निम्ति हालको माग पूरा गरेपछि सन् २०२७ मा ७६७ मोडेलको (वाइडबडी मालवाहक) विमानको उत्पादन बन्द गर्नेछ ।

कम्पनीले आफ्नो नयाँ ७७७ एक्सको उत्पादनलाई बजारमा ल्याउने प्रक्रियालाई सन् २०२६ सम्म सार्ने जनाएको छ ।

प्रमाणीकरणको वर्षौँको ढिलाइ र हालैको एक त्रुटिपूर्ण भागको खोजपछि बोइङको नयाँ ७७७ मोडेलले याे वर्षको सुरुमा परीक्षण उडान रोकेको थियो ।

बोइङका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत केली ओर्टबर्गले कर्मचारीलाई पठाएको पत्रमा कम्पनीले ‘हाम्रो वित्तीय वास्तविकतासँग मेल खाने गरी कार्यबलको स्तर पुनः तय गर्नुपरेको’ बताएका छन् ।

उनले भनेका छन्, “हामीले सामना गरिरहेको कामको बारेमा स्पष्ट र यथार्थवादी हुन आवश्यक छ । यसले पुनरुत्थानको मार्गमा महत्त्वपूर्ण सफलता मिल्नेछ । हाम्रा स्रोतहरू प्रदर्शन गर्न र नवप्रवर्तनमा ध्यानकेन्द्रित गर्न आवश्यक छ ।”

एजेन्सी

Comments

Back to top