आतिशीले लिइन् मुख्यमन्त्रीको शपथ

आम आदमी पार्टीकी नेतृ आतिशी मार्लेना दिल्लीको मुख्यमन्त्री बनेकी छन् । उनलाई लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले शपथ ग्रहण गराएका छन् ।

तिहाड जेलबाट रिहा भएपछि अरविन्द केजरीवालले मुख्यमन्त्री पदबाट राजीनामाको घोषणा गरेका थिए ।

त्यसपछि यही साता बसेको व्यवस्थापिका–संसद्को बैठकमा मुख्यमन्त्रीका लागि अतिशीको नाम अनुमोदन भएको थियो ।

आतिशीसँगै कैलाश गहलोत, गोपाल राई, सौरभ भारद्वाज, इमरान हुसेन र मुकेश अहलावतले पनि मन्त्रीको रुपमा शपथ लिएका छन् ।

मुकेश अहलावत मन्त्रिपरिषद्‌मा नयाँ अनुहार हुन् । अरु सबै केजरीवालको क्याबिनेटमा पनि परेका थिए । शपथ ग्रहण समारोहमा केजरीवाल पनि सहभागी भएका थिए ।

एजेन्सी

Comments

Back to top