भगवान शिवको रहस्यमय मन्दिर, जहाँ ढुङ्गामा हात राख्दा डमरु बजेको आवाज आउँछ

भारतमा धेरै रहस्यमय र प्राचीन मन्दिरहरू छन् । यहाँका धेरै मन्दिरहरू धेरै रहस्यमय र चमत्कारी मानिन्छन् । यहाँ यस्तो मन्दिरको बारेमा चर्चा गरिँदैछ जुन मन्दिरमा ढुङ्गामा थपथपाउँदा डमरुको जस्तो आवाज निस्कन्छ । वास्तवमा यो भगवान शिवको मन्दिर हो । यो मन्दिर एसियाकै अग्लो शिव मन्दिर भएको दाबी गरिएको छ ।

भगवान शिवको यो मन्दिर देवभूमि हिमाचल प्रदेशको सोलनमा अवस्थित छ । यो मन्दिरलाई जटोली शिव मन्दिर भनेर चिनिन्छ । दक्षिण–द्रविड शैलीमा बनेको यस मन्दिरको उचाइ करिब १११ फिट छ । मन्दिर भवन निर्माण कलाको अनुपम उदाहरण हो, जुन हेर्न लायक छ । भगवान शिव पौराणिक कालमा यहाँ आएर केही समय बसेको जनविश्वास छ ।

यसपछि १९५० को दशकमा स्वामी कृष्णानन्द परमहंस नामका बाबा यहाँ आएका थिए, जसको निर्देशनमा जटोली शिव मन्दिर बनेको थियो । उनले नै सन् १९७४ मा यस मन्दिरको शिलान्यास गरेका थिए ।

तर, सन् १९८३ मा समाधि उनले लिए । तर, मन्दिर निर्माणको काम रोकिएन, बरु मन्दिर व्यवस्थापन समितिले काम गर्न थाल्यो ।

जटोली शिव मन्दिर पूर्णरुपमा निर्माण हुन करिब ३९ वर्ष लागेको थियो । यस मन्दिरको विशेष कुरा के हो भने यो मन्दिर भारत तथा विदेशका भक्तजनहरुको चन्दामा निर्माण गरिएको हो । जसका कारण निर्माण गर्न तीन दशकभन्दा बढी समय लाग्यो ।

यस मन्दिरमा जताततै विभिन्न देवी–देवताका मूर्तिहरू स्थापना गरिएको छ भने मन्दिरभित्र क्रिस्टल रत्न शिवलिंग स्थापना गरिएको छ । यससँगै यहाँ भगवान शिव र माता पार्वतीको मूर्ति पनि स्थापना गरिएको छ । यस मन्दिरको माथिल्लो छेउमा ११ फिट अग्लो सुनको कलश पनि जडान गरिएको छ, जसले यसलाई विशेष बनाउँछ ।

एजेन्सी

Comments

Back to top