जस्टिन बीबरको सफलताको यात्रा

जस्टिन बीबर लोकप्रिय क्यानाडेली गायक हुन्। उनी क्यानाडा तथा अमेरिकामा मात्र होइन, विश्वभरी नै प्रसिद्ध छन् । उनका प्रशंसकहरु नेपालमा समेत छन् ।

उनले १२ वर्षको उमेरदेखि गीत गाइरहेका छन् । त्यति मात्र नभएर जस्टिन यूट्यूबमा सबै भन्दा धेरै सब्सक्राइब बनाउने पहिलो गायक समेत हुन् ।

जस्टिन बीबर आज सुपरस्टार बन्नुको पछाडि उनकी आमा पेटी मेलेटीको सबैभन्दा ठूलो हात रहेको छ ।

वास्तवमा जस्टिनलाई सानैदेखि गाउने शौख थियो, त्यसैले उनी प्राय: गीत गाइरहन्थे । एकदिन उनकी आमाले उनको गीत लुकेर रेकर्ड गरिन् । बीबरको त्यही पहिलो भिडियो उनकी आमाले यूट्यूबमा अपलोड गरेकी थिइन् । उक्त भिडियोलाई लाखौं मानिसले हेरे र हेर्दा–हेर्दै जस्टिन लोकप्रिय भए ।

जस्टिनलाई यूट्यूबमा देखेपछि बिजनेसम्यान स्कूटर ब्रानले उनलाई संगीतको संसारमा भव्यताका साथ प्रवेश गर्नका लागि तयार पारे । त्यसपछि जस्टिनले पछाडि फर्केर हेर्नु परेन ।

यद्यपि उनी धेरै बर्षसम्म डिप्रेशनको शिकार पनि भइसकेका छन् ।

जस्टिनलाई ट्याटुको धेरै शोख छ ।

जस्टिन यति सानै उमेरमा एक अन्तराष्ट्रिय गायक बन्न सफल भएका छन् । क्यानाडामा बसोबास गर्ने जस्टिनसंग यति कम उमेरमा नै करोडौंको सम्पत्ति छ ।

उनी धेरै पटक विवादमा पनि घेरिएका थिए ।

सन् २०१३ को जुलाईमा बीबरमाथि आफ्नो होटलको बार्दलीबाट तल उभिएका प्रशंसकलाई थुकेको आरोप लागेको थियो । यद्यपि उनले यस कुरालाई अस्वीकार गरेका थिए ।

जस्टिन एक वर्षमा ८० मिलिनय डलर कमाउँछन् ।

फोब्र्स म्यागेजिनका अनुसार जस्टिन चार पटक सम्म संसारका सर्वोच्च १० सबै भन्दा शक्तिशाली सेलिब्रिटीजको लिस्टमा समावेश भइसकेका छन् ।

जस्टिनको म्यूजिक एल्बमको करिव १० करोड म्यूजिक रेकर्ड्स बिक्रि भइसकेको छ ।

एजेन्सी

Comments

Back to top