बजारमा आइफोन १६को माग अपेक्षाभन्दा कम

नयाँ आइफोन १६ प्रो मोडेलहरुको माग अपेक्षा गरिएभन्दा कम भएको छ । सोमबार आइफोन १६ को मागमा तीन प्रतिशत गिरावट आएको छ ।

एप्पलले गतहप्ता आफ्नो एआई सफट्वगेयर, एप्पल इन्टेलिजेन्सको वरिपरि डिजाइन गरिएको आइफोन १६ श्रृङ्खलाको अनावरण गरेको थियो । बजार अनुसन्धानको प्रारम्भिक प्रतिवेदनले प्रि–अर्डर डेटाले आइफोन १६ प्रो मोडेलहरुको लागि गत वर्षको आइफोन १५ प्रो मोडेलहरुको तुलनामा छोटो विश्वव्यापी ढुवानी भएको देखाएको छ । आइफोन १६ प्रो र प्रो म्याक्स मोडेलहरुको लागि पहिलो साता प्रि–अर्डर क्रमश २७ प्रतिशत र १६ प्रतिशत कम थियो ।

एजेन्सी

Comments

Back to top