नेपाल ल्यूब आयलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज २ गते बुधबार अन्तिम दिन हो । साधारण सभा तथा लाभांश प्रयोजनको लागि यस कम्पनीले असोज ४ गते बुक क्लोज गर्दैछ ।

असोज ३ गते संविधान दिवसको अवसरमा सार्वजनिक विदा पर्ने हुँदा सेयर बजार बन्द हुनेछ । तसर्थ, आज असोज २ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश हात पार्न र सभामा सहभागिता जनाउन सक्नेछन् ।

नेपाल ल्यूब आयलले गत वर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्दैछ । यसले गत वर्षको नाफाबाट २० प्रतिशत बोनस सेयर र कर सहित ५ प्रतिशत नगद लाभांश दिन लागेको हो ।

उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले असोज १८ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा याक प्लालेस, पुल्चोक, ललितपुरमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

साधारण सभामा कम्पनीले लाभांश सहित प्रिमियममा एफपीओ पनि जारी गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि रहेको छ ।

एजेन्सी

Comments

Back to top