नेप्सेमा ५७.०३ अंकको गिरावट , ७ अर्ब ३६ करोडको सेयर कारोबार!

सोमबार नेप्से परिसूचक ५७.०३ अंकले घटेर २,५८०.७६ विन्दुमा पुगेको छ।

यस दिन कारोबार भएका ३१२ कम्पनीको कुल १ करोड ७० लाख ६१ हजार ८०७ कित्ता सेयरको करिब ७ अर्ब ३६ करोड १९ लाख बराबरको कारोबार भयो। कारोबारमा आएका कम्पनीमध्ये १४ कम्पनीको सेयर मूल्य बढेको छ, २२७ कम्पनीको मूल्यमा गिरावट छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ।

यस दिन कारोबार भएका सबै उपसमूहको परिसूचक घटेको छ ।

प्रमुख कारोबार

 

यस दिन टप गेनर आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ जसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। टप लुजरमा गुडविल फाइनान्स लिमिटेड रहेकाे छ जसको सेयर मूल्य ९.९१% ले घटेको छ। कारोबार रकमका आधारमा सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३१ करोड ११ लाख बराबरको सेयर कारोबार भएको छ। भोल्यूमका आधारमा लक्ष्मी सनराइज बैँकको प्रोमोटर सेयरको सबैभन्दा धेरै कारोबार भएको छ।

Comments

Back to top