राष्ट्रिय सभाका दुई समितिले पाए सभापति

राष्ट्रिय सभाका दुई समितिले सभापति पाएको छ ।

विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित भएका छन् ।

सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो ।

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले नवनिर्वाचित सभापतिहरूलाई शपथग्रहण गराएका छन्।

एजेन्सी

Comments

Back to top