प्रि ओपन सेसनमा नेप्से परिसूचक १.८२ अंकले घट्यो !

सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.८२ अंकले घटेको छ। 

आइतबार ५०.७३ अंकले घटेर २,६३७.७९ मा बन्द भएको नेप्से आज प्रिओपन पछि २,६३५.९६ मा खुलेको हो। कुल ५,१९९ कित्ता सेयरको खरिदबिक्री करिब  ३८ लाख ८१ हजार बराबरको कारोबार भएको छ।

यस सेसनमा कारोबारमा आएका ५३ कम्पनीमध्ये २६ को मूल्य बढ्यो भने २२ कम्पनीको मूल्य घटेको छ । ४ कम्पनीको मूल्यमा भने कुनै परिवर्तन छैन।

यस अवधीमा कुल १०५ पटक ट्रान्ज्याक्सन भएको छ।

Comments

Back to top