ट्रम्पमाथि पुनः हत्याको प्रयास

पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फ्लोरिडाको एक गोल्फ कोर्समा हत्याको प्रयास भएको छ । उनी एक संभावित हत्याको प्रयासबाट जोगिएको एफबीआईले जनाएको छ।

गोप्य सेवाका एजेन्टहरूले ट्रप लक्षित राइफलको नाल देखेका थिए र त्यसपछि गोली चलाएको थियो। एफबीआईका अनुसार, ट्रम्प यस समयमा ३००–५०० गज (२७५ देखि ४५५ मीटर) टाढा रहेका थिए। घटनास्थलमा एक एके४७–शैलीको हतियार र स्कोप, दुईवटा ब्याकप्याक, र एक गोप्रो क्यामेरा फेला परेका छन्।

एक प्रत्यक्षदर्शीका अनुसार अनुसार आरोपी झाडीबाट दौडेर काला निसान कारमा हामफालेको थियो । उसलाई धेरै पटक गोली चलाएपछि गिरफ्तार गरिएको थियो। पुलिसले घटनाको अपडेट दिने क्रममा भनेको छ उक्त साक्षीले वाहन र नम्बर प्लेटको तस्बीर लिएका थिए र पछि मार्टिन काउन्टीमा सो कारलाई रोकिएको थियो।

घटनापछि ट्रम्पले आफ्नो समर्थकहरूलाई इमेलमार्फत जानकारी दिँदै भने –म सुरक्षित र राम्रो अवस्थामा छु। केहीले पनि मलाई रोक्न सक्दैन। म कहिल्यै समर्पण गर्ने छैन ।

यो घटना पूर्व राष्ट्रपति ट्रम्पलाई दुई महिना अघि बटलर, पेनसिल्वेनियामा गोली हानिएको घटनापछि आएको हो। यस घटनामा ट्रम्पको कानमा गोली लागेको थियो र एक दर्शकको मृत्यु भएको थियो।

अनुसन्धानकर्ताहरुले यस घटनाको अनुसन्धान जारी राखेका छन र व्हाइट हाउसले राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई घटनाको बारेमा जानकारी दिएको छ। ह्यारिसले ट्वीट गर्दै हिंसा अमेरिकामा कुनै पनि स्थानमा स्वीकार्य नभएको बताइन्।

एजेन्सी

Comments

Back to top