एभरेष्ट बैंकको ३०औं वार्षिक साधारण सभा असोज २० गते

एभरेष्ट बैंक लिमिटेडले ३०औं वार्षिक साधारण सभा आव्हान गरेको छ । सभा असोज २० गते आइतबार आम्रपाली ब्यांक्वेट भाटभटेनी काठमाडौँमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो ।

सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, सभाले बोनस शेयर जारीपश्चात पूँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पारित गर्ने छ ।

साथै, सभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने एजेण्डा रहेको छ ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले असोज ८ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको हुँदा असोज ७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश प्राप्त गर्नेछन् ।

एजेन्सी

 

Comments

Back to top